काठमाडौं । सत्ता साझेदार दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ ।
पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउत, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्ती पार्टीकी अध्यक्ष रञ्जिता चौधरी लगायत उपस्थित रहेका छन् ।
पछिल्ला दिनहरुमा संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलहरु मात्र नभइ राजावादी शक्ति समेत सरकारको विरोधसहित व्यवस्थाकै विरोधमा देखिएका छन् । चौतर्फी आलोचना र विरोधपछि सरकारले थप रणनीति बनाउन सत्ता साझेदार दलको बैठक बोलाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया