काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्याण्ड प्रस्थान गर्दैछन् ।
प्रधानमन्त्री ओली आफ्ना प्रतिनिधिमण्डलसहितको टोली आज दिउँसो त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणमा ओलीको औपचारिक भ्रमण आगामी चैत २३ गतेसम्म हुनेछ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो १२ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरुसँग् भेट गरेर ओली थाइल्याण्ड प्रस्थान गर्न लागेका हुन् ।
भ्रमणका क्रममा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनमा समेत सहभागि हुने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया