काठमाडौं । सोमबार स्पेनी क्षेत्र अस्टुरियासमा रहेको खानीमा भएको विस्फोटमा पाँच जनाको मृत्यु भएको छ ।
यस क्षेत्रका स्पेनी सरकारका प्रतिनिधिकारअनुसार विस्फोट खानीको तेस्रो तल्लामा भएको थियो । घाइतेमध्ये तीन जनालाई लियोन सहरको अस्पतालमा स्थानान्तरण गरिएको छ ।
स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले सामाजिक सञ्जालमा पोस्ट गर्दै पीडितका परिवारप्रति समवेदना व्यक्त गरेको छ । विस्फोटको कारणको बारेमा हाल अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया