राष्ट्रपति पौडेलद्वारा मध्यरातिपछि संसद् अधिवेशन अन्त्य

लोकपथ
224
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनका चालु अधिवेशन आज राति १२ः००  बजेदेखि अन्त्य गरेका छन्  । 

नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले दुवै सदनका चालु अधिवेशन अन्त्य गरेका हुन् । 

मन्त्रिपरिषद्को सोमबारको बैठकले संघीय संसद्का दुवै सदनका चालु अधिवेशन आज राति १२ः००  बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?