काठमाडौं । आजका लागि बोलाइएको प्रतिनिधि सभा बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ ।
पूर्वमन्त्री समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधन भएको छ ।
बोहराको निधनपछि आजका लागि निर्धारित सबै कार्यसूची स्थगित गरिएको थियो ।
आजको बैठकमा गृहमन्त्री रमेश लेखकले समेत सम्बोधन गर्ने कार्यसूची रहेको थियो । तर बोहराको निधनपछि शोक प्रस्ताव पारित गरेर बैठक सकिएको हो ।
त्यस्तै आजैबाट संघीय संसद्को चालु अधिवेशन समेत आजैबाट अन्त्य भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले संसद्को चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको थियो ।
सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र बाचन गर्दैै आज राति १२ बजेबाट चालु अधिवेशन अन्त्य हुने जानकारी गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया