महिलालाई पञ्चेबाजा बजाउने प्रशिक्षण

लोकपथ
28
Shares

पाल्पा । परम्परागत कला संस्कृतिको संरक्षण र जगेर्ना गर्नका लागि पाल्पाको रम्भा गाउँपालिकाका महिलालाई वाद्यवादनसम्बन्धी सीप प्रदान गरिएको छ । वडा नं २ स्थित कोटथरका महिलालाई लक्षित गरेर पञ्चेबाजा बजाउने सीप प्रदान गरिएको हो ।

सिकाइ प्रवर्द्धन परियोजना गाउँपालिकाको आयोजनामा १० दिनसम्म पञ्चेबाजा बजाउने तालिम आयोजना गरी बजाउने सीप सिकाइएको छ । यहाँका २५ महिलालाई सहनाइ, ढोलक, दमाहा, झ्याली, टेम्को, नरसिम्हालगायत बाजा बजाउन सिकाइएको गाउँपालिकामा सिकाइ प्रवर्द्धन परियोजनाका तालिम अधिकृत कृष्ण कुँवरले जानकारी दिए।

महिलालाई आयआर्जनतर्फ अग्रसर बनाउन कृषि, सिलाइकटाइ, ब्युटिपार्लर, पञ्चेबाजा लगायतका विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आइरहेको कुँवरले बताए। कलासंस्कृति संरक्षण मात्र नभई यस्ता खालका तालिमले महिलालाई आयआर्जनतर्फ अगाडि बढ्न सजिलो हुने कोटथर महिला समूहकी अध्यक्ष दिलमाया पाँडे मगर बताउँछिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?