काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज लखनउ सुपर जायन्ट्सले पञ्जाब किंग्सको सामना गर्दैछ । लखनउको घरेलु मैदान एकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने दुई टोलीबिचको खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ ।
२ अंकका साथ तालिकाको पाँचौ स्थानमा रहेको पञ्जाब आज लगातार दोस्रो जितको खोजीमा मैदान उत्रनेछ । यस्तै, लखनउले भने पहिलो खेलमा
दिल्ली क्यापिटल्ससँग हार व्यहोरेको थियो भने दोस्रो खेलमा सनराइजर्स हैदराबादलाई पराजित गरेको थियो ।
लखनउ र पञ्जाबबीच हालसम्म ४ खेलमा आमने सामने भएका छन् जसमा लखनउले ३ खेल जितेको छ भने पञ्जाबले १ खेलमा मात्रै जित हात पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया