गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मा लिन सक्नुभएन, राजीनामा दिनुहोस् : सांसद गौतम

लोकपथ
42
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेकी छन् । 

मंगलबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गृहमन्त्री लेखकको राजीनामा माग गरेकी हुन् । उनले चैत्र १५ गतेको प्रदर्शनका क्रममा प्रशासनले आवश्यक कामहरू पनि पूरा नगरेको र सरकारले लापरबाही गर्दा युवकको ज्यान गएको बताइन् ।  

गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मा लिन नसकेको भन्दै मार्ग प्रशस्त गर्नुपर्नेमा उनको जोड छ । उनले प्रहरीको गोलीबाट मारिएका सविन महर्जनको बारेमा सरकारले एउटा भनेको र भिडियोको वास्तविकता अर्कै रहेको बताइन । 

आगजनी भइरहेको बेलामा नियन्त्रण गर्नका लागि प्रहरी प्रशासन उपस्थित भई नियन्त्रण गर्नुपर्नेमा त्यसो हुन नसकेको उनको भनाइ छ  । 

सांसद गौतमले गठबन्धन सरकारले पनि मन्त्री र नेतृत्व परिवर्तन गर्ने बेला भएको बताइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?