हिउँदे अधिवेशनले विधायनको क्षेत्रमा प्रभावकारी काम गर्न सकेन : सांसद केसी

लोकपथ
224
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संसद्को हिउँदे अधिवेशनले विधायनको क्षेत्रमा प्रभावकारी काम गर्न नसकेको बताएका छन् । 

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।  उनले सरकारले जारी गरेका अध्यादेशहरू पास भए पनि मूल विधेयकको रूपमा आउनुपर्ने कानुनहरू यथावत् रहेको बताए । 

उनले संघीय निजामती विधेयक, शिक्षा विधेयकहरू जस्ता महत्त्वपूर्ण कानुनहरू यथावत् रहेको कारण कानुन निर्माणमा हिउँदे अधिवेशनलाई प्रभावकारी मान्न नसकिने उनको धारणा छ । 

नेपालले थप आन्दोलन र हिंसा थेग्न नसक्ने भन्दै यसतर्फ सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?