नेप्सेका नवनियुक्त सीईओले बुधबारदेखि जिम्मेवारी सम्हाल्ने

लोकपथ
378
Shares

काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा झापाका चुडामणि चापागाईँलाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो ।

राजस्व सचिव दिनेशकुमार घिमिरेले आज उनलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् । नवनियुक्त सीईओ चापागाईँले बुधबार कार्यभार सम्हाल्ने कार्यक्रम रहेको नेप्सेले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?