काठमाडौं । भाटभटेनी सुपरमार्केटका मालिक मिनबहादुर गुरुङले कोटेश्वरमा रहेको भाटभटेनीमा कार्यरत सुरक्षागार्ड कृष्णप्रसाद पराजुलीलाई सम्मान गरेका छन् ।
बुधबार एक विशेष कार्यक्रम आयोजना गरी गुरुङले उनलाई पुरस्कारसहित सम्मान गरेका हुन् ।
गत शुक्रबार राजावादीहरुले काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेका थिए । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा भीड तितरवितर भयो । कोही प्रदर्शनकारी प्रहरीमाथि ढुंगामुढा गरिरहेका थिए, भने केही व्यक्तिहरु भाटभटेनी सुपरमार्केट लगायतका स्थानहरुमा चोरीमा समेत संलग्न रहेका थिए ।
केही व्यक्तिहरु कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटभित्र प्रवेश गरी सामान चोरीमा संलग्न देखिन्थे । सो क्रममा ती सुरक्षागार्डले लुटपाटमा संलग्नहरुलाई लट्ठीले प्रहार गर्दै लखेटेका थिए ।
उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनको प्रशंसा चुलिएको छ । त्यस्तै आज एक विशेष कार्यक्रम नै आयोजना गरी ५ लाख १ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिएको हो ।
त्यस्तै सो दिन ड्युटीमा रहेका अन्य दुई जना सुरक्षागार्डलाई समेत जनही २५ हजार पुरस्कारसहित सम्मान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया