बयानका लागि साइबर ब्यूरो पुगिन् युट्युबर गंगा लामा

लोकपथ
4.3k
Shares

काठमाडौं । मंगलबार हाजिरी जमानीमा छुटेकी युट्युबर गंगा लामा बयानका लागि पुगेकी छन् ।

मंगलबार दिउँसो लामालाई साइबर अपराधको कसुरमा साइबर ब्यूरोले पक्राउ गरेको थियो ।

सरकारी वकिलको कार्यालयको दबाबपछि अनुसन्धानलाई सघाउने सर्तमा ब्यूरोले उनलाई हाजिरी जमानीमा छाडेको थियो ।

केहीबेरअघि थप बयानका लागि साइबर ब्यूरोको कार्यालयमा पुगेको ब्यूरोका एक अधिकारीले लोकपथलाई जानकारी दिए ।

मंगलबार ३ बजे पक्राउ परेकी लामालाई साँझ ५ बजेसम्म साइबर ब्युरोको कार्यालयमा राखिएको थियो ।

लामाले आफ्नो युट्युब च्यानल गुड टिभीबाट व्यक्तिको चरित्रहत्या हुने गरी सामाग्री प्रकाशन गरेको र प्रकाशित उजुरीले मान सम्मानमा चोट पुराएको भन्दै ब्युरोमा उजुरी परेको थियो । लामाले केही समय अगाडि ‘आफ्नै छोरीसँग श्रीमान् रंगेहात भेटेपछि ‘’ भन्ने शीर्षकको भिडियो आफ्नो युट्युब च्यानलमा पोस्ट गरेकी थिइन् । सोही भिडियोको विषयमा युट्युबर लामा र आरोप लगाउने महिलाविरुद्ध ब्युरोमा उजुरी परेको थियो ।

सोही उजुरी छानबिनका लागि लामालाई मंगलवार पक्राउ गरिएको थियो । तर लामा पक्राउ परे लगत्तै उनलाई छाड्न विभिन्न व्यक्तिले दबाब दिएका थिए । पछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्ले दबाब दिएपछि साइबर ब्युरोले लामालाई मंगलबार साँझ हाजिरी जमानीमा छाडेको थियो ।

मोरङको मिक्लाजुङ गाउँपालिका ६ बेतनी स्थायी ठेगाना भई पुतलीसडकमा कार्यालय चलाएर बसेकी ३९ वर्षीय गंगा लामा भन्ने गंगा कुमारी तामाङलाई साइबर ब्युरोले साइबर अपराधको कसुरमा पक्राउ गरेको थियो ।

यो पनि…

सरकारी वकिलको दबाबपछि हाजिरी जमानीमा छुटिन् युट्युबर लामा

युट्युबर गंगा लामा पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?