सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको कति ?

लोकपथ
70
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।  लगातार बढेर कीर्तिमान कायम गरिरहेको सुनको मूल्य आज तोलामा  ६ सय रुपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला  एक लाख ७९ हजार सात सय कायम भएको सुनको मूल्य आज तोलामा ६ सय घटेर एक लाख ७९ हजार एक सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदी प्रतितोला  दुई हजार २० मा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार एक सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?