काठमाडौं । वरिष्ठ अधिवक्ता एवं कानुनविद् डा. भीमार्जुन आचार्यले आफ्नो फेसबुकमा राखेको पोस्ट सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको रिपोर्टका कारण हराएपछि आपत्ति जनाएका छन् ।
आचार्यले सामाजिक सञ्जालमा गत शुक्रबारको तीनकुने घटनामा मानवअधिकारको दृष्ट्रिकोणबाट नहरेरिएको भन्दै आपत्ति जनाएका थिए ।
उनले सामाजिक सञ्जालमा लेख्दै तीनकुने घटनाबारे सरकारले निष्पक्ष छानबिन गर्नु पर्ने बताएका थिए ।
‘राजावादी भन्दा भिन्न बन्ने होडमा निहत्था नागरिक सबिन, सुरेश र आन्दोलन मै सहभागी नभएका दुई दाजु बहिनी दिनेश र रेबिका माथिको राज्य आतंकमा यसपटक हामी मिडिया, नागरिक समाज र “जीउॅंदा मान्छै” भन्ने सबै नराम्रोसंग चुक्यौँ । राष्ट्रिय मानव अधिकार आयोग त अब रहनु नरहनुको कुनै अर्थ र औचित्य बॉंकी रहेन।एकपटक निष्पक्ष छानबिन गर् सरकार त भनौ !,’ उनले भनेका छन् ।
तर त्यसमा त्यसै रिपोर्ट भएपछि अहिले उनको पोस्ट नै फेसबुकबाट हटेको छ ।
त्यसपछि पुनः उनले सामाजिक सञ्जालमा लेख्दै आफूले भर्खरै लेखेको स्ट्याटस हराएकोप्रति टिप्पणी गर्दै लोकतन्त्रको कार्यान्वयन सुरु भएको जस्तो छ, भन्दै व्यंग्य गरे ।
‘मेरो भर्खरैको स्टाटस् फेसबुकमा सिन छैन। लोकतन्त्रको कार्यान्वन शुरू भए जस्तो छ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया