करिब ३ सय किलोग्राम गाँजासहित एक जना पक्राउ

लोकपथ
518
Shares

धनकुटा । करिब ३ सय किलोग्राम गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

साँगुरीगढी गाउँपालिका–६ कामछेकस्थित भेडेटार रविराँके सडकबाट अवैध लागुऔषध गाँजा करिब ३ सय किलोग्राम सहित मोरङ विराटनगर महानगरपालिका–१५ बस्ने २६ वर्षीय प्रिन्स कुमार साहलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले को.१ च ३४७८ नम्बरको कारलाई जाँच गर्ने क्रममा ३० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी कारमा सवार उनलाई पक्राउ गरेको हो ।

प्रहरीले हाल फरार कार चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको  जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?