रवीन्द्र र धवलसहित ४१ जनालाई म्याद थपका लागि अदालत लगिँदै

लोकपथ
532
Shares

काठमाडौं । राजावादी आन्दोलनमा हिंसात्मक प्रदर्शन गरेको आरोपमा पक्राउ परेका ४१ जनालाई दोस्रो पटक म्याद थपका लागि आज अदालत लगिँदै छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका ४१ जनालाई काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइने प्रहरीले जनाएको छ । 

आपराधिक उपद्रव र संगठित अपराधमा ३० जना र राज्यविरुद्धको कसुरमा ११ जना गरी ४१ जनालाई पहिलो पटक आइतबार पाँच दिनको म्याद थप भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?