काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले प्रदर्शन गरेका छन् । बुधबार काठमाडौंको माइतीघर देखी बानेश्वरसम्म शिक्षकहरूले प्रदर्शन गरेका हुन् ।
शिक्षक महासंघको आयोजनामा भएको प्रदर्शनमा काठमाडौंका विभिन्न स्थानबाट निस्किएको र्याली माइतीघर मा पुगेर धर्नामा परिणत भएको हो ।
उनीहरूले अधिकार र कर्तव्यको लागि शिक्षक एकता, मेरो आन्दोलन मेरो सहभागिता, शिक्षण पेसालाई सम्मान गर, शिक्षक महासंघ जिन्दावाद, हाम्रा माग पूरा गर, शिक्षा ऐन जारी गर लगायतका प्लेकार्ड र नारा बोकेर अनिश्चितकालीन प्रदर्शन गरेका हुन् ।
यस आन्दोलनलाई उनीहरूले विद्यालय शिक्षा ऐन जारी गर्नका लागि निर्णायक चरणको आन्दाेलनको रुपमा औँल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया