सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि हमला गर्नेलाई हदैसम्मको कारबाही हुन्छ  : गृहमन्त्री लेखक

लोकपथ
105
Shares
फाइल तस्बिर

काठमाडौं । गृहमन्त्री रमेश लेखकले यही चैत १५ गते शुक्रबार काठमाडौंको तीनकुनेमा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्  ।  

नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल नेतृत्वको टोलीले आज मन्त्रालयमा दिएको ध्यानाकर्षणपत्र बुझ्दै गृहमन्त्री लेखकले अराजक, हिंस्रक एवम् सिद्धान्त बिनाको भिडले तीनकुनेमा वितण्डा मच्चाएको घटनाप्रति सरकार गम्भीर रहेको बताए ।  

‘तीनकुनेमा भएको अराजक भिडको कुनै निश्चित वाद, सिद्धान्त केही पनि थिएन, मात्रै अपराधिक कार्य गर्ने उद्देश्य थियो, लक्ष्य थियो ।’गृहमन्त्री लेखकले भने, ‘विध्वंश मच्चाउने झुण्डले उग्रता देखायो, त्यसको मार सञ्चारगृह र सञ्चारकर्मीलाई पर्न गएको छ, यस विषयमा नेपाल सरकार गम्भीर छ ।’

उनले हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारकर्मी रहेको घरमा आगजनी गर्ने, सञ्चार गृह र सञ्चारकर्मीलाई निसाना बनाएको विषयमा सरकारले निष्पक्ष छानबिन गरी दोषी पक्षलाई कारबाही गरिने बताए ।  

यसैगरी तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजक र अन्य घाइते पत्रकारका  विषयमा गम्भीर भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले उक्त विषयमा के गर्न सकिन्छ भन्ने विषयमा सरकार लागिरहेको बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?