काठमाडौं । संघीय संसद्अन्तर्गत तीनवटा समितिको बैठक आज बस्दैछ । संघीय संसद् सचिवालयकाअनुसार आज अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा काठमाडौंको तीनकुनेमा यही चैत १५ गतेको घटनाका सम्बन्धमा गृहमन्त्री रमेश लेखकसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल हुनेछ ।
त्यस्तै विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्दै छ । जसमा बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया