काठमाडौं । मोरङमा छाडा कुकुरको टोकाइबाट एक वृद्धको मृत्यु भएको छ । मोरङको बेलबारी नगरपालिका-१० भाउन्नेमा ६२ वर्षीय कृष्णबहादुर मगरको छाडा कुकुरको टोकाइबाट मृत्यु भएको हो ।
स्थानीय स्रोतका अनुसार, बिहीबार बिहान ९ बजे कुकुरले मगरलाई दायाँ खुट्टाको पिँडुलामा टोकेको थियो, जसपछि उनी सडकमा ढलेका थिए। स्थानीयले उनलाई तत्काल उद्दार गरी नगर अस्पताल बेलबारी लगिएको थियो ।
बेलबारी अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि विराटनगरको कोशी अस्पताल पठाइएको थियो । तर, चिकित्सकहरूले कोशी अस्पताल ल्याउँदा उनको मृत्यु भइसकेको घोषणा गरे।
चिकित्सकका अनुसार, कुकुरको टोकाइबाट अत्यधिक रक्तश्राव भएको कारण उनको मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया