गृहमन्त्रीलाई प्रश्न : विमानस्थल जस्तो संवेदनशील क्षेत्र नजिकै किन आन्दोलन गर्न दिइयो ?

लोकपथ
518
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले तीनकुने घटनाबारे जानकारी गराएका छन् । आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले सो बारे जानकारी गराएका हुन् ।

समितिमा बोल्दै गृहमन्त्री लेखकले विमानस्थलजस्तो संवेशनशील क्षेत्रको नजिकै उपद्रव भएको बताए । यता समिति सदस्य सर्वेन्द्रनाथ शुक्लाले गृहमन्त्रीलाई प्रश्न गर्दै आफैँ उक्त क्षेत्र संवेदनशील भन्ने अनि आफैँ सोही क्षेत्रमा कार्यक्रम गर्न दिने भन्दै प्रश्न गरे ।

‘गृहमन्त्रीज्यू आफैँ सो क्षेत्र संवेशनशील क्षेत्र भन्ने अनि आफैँ सोही क्षेत्रमा कार्यक्रम गर्न दिने ?,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?