सुरेश रजकले प्रयोग गरेको क्यामेरा खै ? कहाँ पुग्यो गृहमन्त्रीज्यू ?

लोकपथ
840
Shares

काठमाडौं । गत चैत १५ गते तीनकुनेमा घटनामा जलेर मृत्यु भएका पत्रकार सुरेश रजकले बोकेको क्यामेराबारे प्रश्न उठेको छ ।

आज बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले दृश्य कैद गरिरहेका पत्रकार जलेर मृत्यु हुँदा त्यो क्यामेरा कहाँ पुग्यो भन्दै प्रश्न गरेका हुन् ।

समिति सदस्य समेत रहेका सांसद प्रकाश अधिकारीले गृहमन्त्री रमेश लेखकलाई प्रश्न गर्दै सुरेशले बोकेको क्यामेरा कहाँ गयो भन्दै प्रश्न गरे । उनले उक्त क्यामेरामा कैद भएका गतिविधिहरुका आधारमा नै अनुसन्धानलाई थप बल पुग्न सक्ने भन्दै त्यसको प्रतिवेदन समेत माग गरे ।

‘एउटा क्यामेरा अलि पावरपुल थियो भन्ने कुरा आइरहेको छ । जो पत्रकार त्यहाँ हुनुहुन्थ्यो, फोटो लिइरहेको । त्यो क्यामेरा किन भेटिएन ? त्यो क्यामेरामा अरु पनि केही कुराहरु कैद थियो कि ? त्यसले पनि प्रमाण भेटिन्थ्यो कि ? त्यो क्यामेरा जलेर गएको हो भने त्यसको पनि प्रतिवेदन आउनुपर्यो,’ उनले भने ।

त्यस्तै गोली चलेको र घाइतेको विषयमा समेत सरकारले फरकफरक तथ्यांक दिएको उनको आरोप छ ।

पछिल्लो समय दैनिक जनजीवन चलाउनै गाह्रो भएको अवस्थामा नागरिकमा सरकारप्रति आक्रोश बढिरहेको भन्दै त्यसलाई सुधारको बाटोमा सरकार जान नसकेको बताए । साथै नेतृत्वकर्ताको नियत स्पष्ट नहुँदा अहिले व्यवस्थामाथि प्रश्न उठेको उनले बताए । जसले आन्दोलन गरेपनि छुट दिइने भए पनि शान्तिपूर्ण भन्दै हिंशात्मक आन्दोलन गरेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?