सरकारमाथि प्रश्न : ‘तीनकुने घटनाको मुख्य जिम्मेवार को हो ?’

लोकपथ
210
Shares

काठमाडौं । तीनकुने घटनाको साता बित्दा समेत त्यसको जिम्मेवार पक्ष को हो भन्ने नछुटिँदा थप आक्रोश पैदा भएको छ ।

सरकारले राजावादी समूहलाई मुख्य जिम्मेवार बनाएर राज्यपक्षबाट भएका कमजोरीहरु ढाकछोप गर्न लाग्दा सरकारमाथि थप प्रश्नहरु उठेका हुन् ।

आज बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले त्यसको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरेका छन् ।

समिति सदस्य समेत रहेका माओवादी सांसद हितराज पाण्डेले घटना भएको साता बित्दा समेत जिम्मेवारी कसले लिने भन्ने नै नटुंगिँदा नागरिकमा थप आक्रोश पैदा भएको बताए ।

त्यस्तै तीनकुने प्रदर्शनका मुख्य कमाण्डर मेडिकल व्यवसायी दुर्गा प्रसाईँ सोही स्थलमा हुँदा पक्राउ नगर्ने अनि त्यहाँबाट भागेपछि अहिले सरकारले उनलाई पक्राउ गर्र्छौँ भन्नु हास्यास्पद रहेको टिप्पणी गरे ।

‘यसको मुख्य जिम्मेवार को हो ? कसलाई दोषी देखाउने ?,’ उनले भने, ‘दुर्गा प्रसाईँले भनेको भिडियोहरु त आइरहेकै हुन् । त्यतिखेर चाँही नसमात्ने अनि अहिले चाँही सरकारले अब दुर्गां प्रसाईँलाई चाँडै गिरफ्तारी हुन्छ भनेर भन्ने, सरकार योजना बनाइराखेको छ भन्ने ? आफैँ अघि आएको बेलामा चाँही नसमात्ने अनि अनि भागिसकेपछि चाँही योजना बनाउने ?’ सांसद पाण्डेले तीनकुने घटनाबारे सरकारले सत्यतथ्य छानबिन गर्नुपर्ने माग समेत राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?