प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

लोकपथ
1.1k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका समकक्षी नरेन्द्र मोदीबीच भेटघाट भएको छ ।

शुक्रबार थाइल्याण्डको बैंककमा ओली र मोदीबीच भेटवार्ता भएको हो ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरुबीच भेटवार्ता भएको हो ।

त्यसो त यसअघि गत असोजमा अमेरिकाको न्यूयोर्कमा भेटघाट भएको थियो ।

गत असारमा ओली प्रधानमन्त्री बने पनि भारत भ्रमणमा भने गएका छैनन् । भारतीय पक्षले भ्रमणको निमन्त्रणा समेत नदिएपछि त्यसको प्रयासहरु भइरहेका छन् । परराष्ट्रमन्त्री आरजु राणा देउवा पटकपटक भारत गएर भ्रमणको प्रबन्ध गर्ने प्रयास गरे पनि भ्रमण हुन नसकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?