काठमाडौं । नेपाल वायुसेवा निगमको प्रवक्ता फेरिएका छन् ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले कायममुकायम उपनिर्देशक सुवास डाँगीलाई प्रवक्ताको जिम्मेवारी दिएका छन् ।
यसअघि निगमको प्रवक्ता रमेश पौडेल रहेका थिए ।
‘प्रस्तुत विषयमा तपाईँलाई तत्कालैदेखि लागू हुने गरी तपाईँले हालसम्म सम्हाली आइरहनुभएको कार्यको अतिरिक्त निगमको प्रवक्ताको जिम्मेवगारी समेत दिइएको छ । तपाईँले सदैव निगमको भलो चिताई तपाईँलाई दिइएको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा गरिएको छ,’ पत्रमा भनिएको छ ।
त्यस्तै हाल प्रवक्ता रहेका पौडेललाई कुशलतापूर्वक कायम गरेकोमा धन्यवाद दिँदै आफूले जिम्मेवारी सम्हाल्दाको सम्पूर्ण कागजात नवनियुक्त प्रवक्ता डाँगीलाई हस्तान्तरण गर्न समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया