नाडा र नाइमाले एक अर्काको सहअस्तित्व स्वीकार्ने, कम्पनीहरू दुवै संघको सदस्य बन्न पाउने

लोकपथ
392
Shares

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल र नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्राक्चरस एशोसिशन (नाइमा)बिच दुवै संस्थाको अस्तित्व स्विकार्नेबारे सहमति भएको छ ।

नाडाबाट टुक्रिएर नाइमा बनेको सन्दर्भमा दुवै संस्थाका अध्यक्षले संयुक्त विज्ञप्ति निकाल्दै दुवै संस्थाको स्वतन्त्र सहअस्तित्वले नेपालमा अटोमोबाइल उद्योगलाई सशक्त बन्ने बताएका हुन् ।

विज्ञप्तिमा दुवै संघले आफ्नो लक्ष्यप्रति प्रतिबद्ध रहँदै स्वतन्त्र रूपमा आफ्नो प्रयासहरू जारी राख्ने उल्लेख गरिएको छ । नाडाका अध्यक्ष करण चौधरी र नाइमाका अध्यक्ष ऋतु सिंह वैद्यले जारी गरेको विज्ञप्तिमा अटो व्यवसायीहरुको हक र हितको संरक्षण, उद्योगमैत्री नीति निर्माणमा सहकार्यका साथै समग्र क्षेत्रको प्रगतिमा पूर्ण रूपमा संस्था प्रतिबद्ध रहेको उल्लेख छ ।

विज्ञप्तिमा नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल र अटोमोबाइल उद्योगलाई समर्थन गर्ने र राष्ट्र विकासमा योगदान पुर्‍याउने दृष्टिकोणले स्थापना गरिएको संस्था भएको उल्लेख गर्दै नेपालको अटोमोबाइल नीतिहरू निर्माण गर्ने तथा उद्योगसँग सम्बन्धित चुनौतीहरू समाधान गर्न महत्त्वपूर्ण भूमिका खेलेको जनाइएको छ ।

नाइमाको शुभारम्भ वैशाख ४ गते देखि औपचारिक रूपमा हुने र सो अवसरमा संस्थाले आफ्नो स्पष्ट दृष्टिकोण, प्रमुख कार्यक्षेत्रहरू मध्य तथा दीर्घकालीन योजना तथा मोबिलिटी सशक्ति करणका लागि गर्न लागेको हस्तक्षेप कार्यक्रमहरू पनि सार्वजनिक गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?