कांग्रेस सभापति देउवाले भेटे स्वर्गीय पत्रकार सुरेश रजकका परिवार 

लोकपथ
1.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चैत १५ गतेको तीनकुने–घटनामा मृत्युवरण गरेका पत्रकार सुरेश रजकका परिवारलाई भटेका छन् । 

सभापति देउवाले आइतबार दिउँसो स्वर्गीय पत्रकार रजकको डल्लुस्थित निवासमा पुगेर भेट गरेका हुन् ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा रिपोर्टिङ गर्दैगर्दा त्यहाँस्थित एक निजी घरमा लागेको आगोमा जलेर एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार रजकको निधन भएको थियो । 

सभापति देउवाले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाहीका गर्ने आश्वासन दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?