काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आयोजना गरेको प्रदर्शनका लागि अनुमति मागेको भृकुटीमण्डप नदिने भएको छ ।
सो क्षेत्रमा अन्य राजनीतिक दल, समूह तथा शिक्षकहरुको समेत आन्दोलन भइरहेको छ । सुुरक्षा संवेनशीलतालाई ख्याल गर्दै बल्खु वा सिफल चौरमा प्रर्दन गर्नका लागि जिप्रकाले राप्रपालाई आग्रह गरेको हो ।
त्यसो त यसअघि नै राप्रपाले आगामी चैत २६ गते काठमाडौंका भृकुटीमण्डपमा विरोध प्रर्दशनको आयोजना गरेको थियो । राप्रपाले हिन्दूराज्य र राजसंस्थाको मुख्य मुद्दा बनाउँदै आन्दोलनको घोषणा गरेको थियो ।
त्यसो त यसअघि गत चैत १५ गते राप्रपा समेतको समर्थनमा काठमाडौंको तीनकुनेमा विरोध प्रर्दशन गरेको थियो । त्यहाँ केही अप्रीय घटनाहरु समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया