वीरगञ्जमा कर्फ्यूको समय थपियो, राति १२ बजेसम्म लागू (विज्ञप्तिसहित)

लोकपथ
1k
Shares
शनिबार दिउँसो झडप हुँदाको दृष्य

काठमाडौं । दुई धार्मिक समुदायबीच शनिबार भएको झडपछि वीरगञ्जमा कर्फ्यूको समयावधी थप गरिएको छ ।

शनिबार दिउँसो हनुमान जयन्तीको अवसरमा शोभा यात्राका क्रममा ढुंगामुढा भएसँगै हिजो साँझ ७ः३० बजेबाट वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरिएको थियो ।

आज मध्यान्न १२ बजेसम्मका लागि कर्फ्यूको समय तोकिएको थियो । तर अवस्था अझै शान्त हुन नसकेपछि आइतबार (आज) राति १२ बजेसम्मका लागि कर्फ्यूको समय थप गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

प्रमुख जिल्ला अधिकारी अर्यालले विज्ञप्ति जारी गर्दैै भनेका छन्, ‘पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रका केही स्थानहरुमा आवतजावत गर्न, कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउनेगरी कर्फ्यू आदेश जारी गरिएकोमा देहाय बमोजिमका चार किल्ला तोकी आज मिति २०८१–१२–३१ गते राति १२ः०० बजेसम्मका लागि उक्त कर्फ्यू आदेशको समयावधि थप गरिएको छ ।’

’प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार पूर्वमा बाईपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चौक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यू आदेश जारी गरिएको हो ।

त्यसो त आजै सर्वदलीय बैठक बोलाएर वीरगञ्जको वातावरण शान्त बनाउन आग्रह गरिएको थियो ।

शनिबार भएको झडपमा परी सुरक्षाकर्मीसहित ३३ जना घाइते भएका छन् । अवस्था थप जटिल बनेपछि हिजो रातिबाट सेना समेत परिचालन गरिएको थियो । हनुमान जयन्तीका अवसरमा शोभा यात्रा हुँदा मुस्लिम समुदायका केही व्यक्तिहरुले घरको छतबाट ढुंगामुढा गरेपछि अवस्था अशान्त बन्न पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?