एक्लै बजारको ४० प्रतिशत माग धानिरहेको ‘पेप्सी’

लोकपथ
1.1k
Shares

काठमाडौं । अहिले गर्मी मौसम सुरु भएको छ । गर्मीको चापबाट बच्न विभिन्न पेय पदार्थहरुको सेवन हाम्रो रोजाइमा पर्छन् । बजारमा त्यस्ता धेरै पेय पदार्थ छन्, जसले हाम्रो प्यासको तलतल मेट्न भूमिका खेलिरहेको हुन्छ ।

तपाईँ हामी सबैले वर्षौँदेखि हेर्दै, देख्दै र प्रयोग गर्दै आइरहेको पेय पदार्थ हो पेप्सी । नेपालको दुई स्थानमा आफ्नो विशाल प्लान्ट स्थापना गरेर बरुण वेभरेजले विभिन्न पेय पदार्थहरु उत्पादन गर्न थालेको वर्षौँ भयो ।

२०४६ सालको परिवर्तनसँगै नेपालमा उदारीकरण र बाह्य लगानीको प्रोत्साहन सुरु भयो । सन् १९९० तिरै नेपाल प्रवेश गरेको वरुण वेभरेजले सन् १९९८ अर्थात् २०५५ सालमा पेप्सीका उत्पादनहरूका लागि प्लान्ट स्थापना गरी नेपालबाट समेत सेवा र व्यापार बिस्तार गर्‍यो । भारत र चीनमा आक्रामक व्यापार गरिरहेको अवस्थामा नेपाली बजारको माग धान्न नेपालमा नयाँ प्लान्ट स्थापना गरी उसले उत्पादन सुरु भयो ।

भारतको वरुण वेभरेज लिमिटेडको शतप्रतिशत सेयर स्वामित्व रहेको बहुराष्ट्रिय कम्पनी हो । आफ्नो उत्पादनको बजार बिस्तारमा आक्रामक बनी त्यसकै व्यापारको आडमा नेपालमा बढी कर तिर्ने कम्पनीमध्ये अग्रस्थानमा रहेको कम्पनी समेत हो, वरुण वेभरेज प्रालि ।

नेपालमा चर्चित रुपमा रहेको र पेप्सीका नामले परिचित वरुण वेभरेजले के के उत्पादन गर्छ तपाईँहरुलाई थाहा छ ? ती पेय पदार्थको स्वादसँग वर्षौँदेखि परिचित भए पनि कसले उत्पादन गर्छ भन्ने तपाईँ हामी धेरैलाई थाहा नहुन पनि सक्छ ।

हो पेप्सीका नामले परिचित वरुण वेभरेजले पेप्सी, मिरिण्डा, माउन्टेन ड्यू, सेभेन अप, स्टिङ इनर्जी ड्रिङ्क तथा स्लाइस लगायत पेय पदार्थहरु उत्पादन हुँदै आइरहेको छ । त्यति मात्र नभइ त्यसको अलबा नेपालमा पेप्सी कम्पनीको सोडा र एक्वाफिना ब्रान्डको पानी चर्चित र लोकप्रिय छन् ।

बजारमा अन्य कम्पनीको पेय पदार्थहरु समेत प्रतिष्पर्धामा रहे पनि पेप्सीले उत्पादन गरेका पेय पदार्थहरुले नेपालमा कुल बजार मागको ४० प्रतिशत माग धानिरहेको छ ।

अन्य कम्पनीका पेय पदार्थलाई टक्कर दिन आक्रामक रूपमा लगानीको रणनीति बनाएकै कारण पनि वरुण वेभरेजले छोटो समयमा नै एकपछि अर्को सफलता हात पार्न सफल भयो । यानेकी काठमाडौंको पेप्सीकोलामा प्लान्ट स्थापना गरेर उत्पादन सुरु गरेको २० वर्षमै नवलपरासिमा अर्को प्लान्ट स्थापना गरेर उत्पादन सुरु गर्न सम्भव भयो ।

वरुण वेभरेजले सुरुमा सन् १९९८ मा काठमाडौंको पेप्सीकोलामा पहिलो प्लान्ट स्थापना गरेको थियो । त्यसको २० वर्षपछि अर्थात् सन् २०१८ मा नवलपरासीको रामग्राममा दोस्रो प्लान्ट स्थापना गरी उत्पादन सुरु गर्‍यो । १४ बिगाहा क्षेत्रफलमा फैलिएको नवलपरासी प्लान्टमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ४ सय भन्दा बढीले रोजगारी पाएका छन् ।

पूर्ण प्रतिष्पर्धात्मक बजार रहेका कारण गुणस्तरमा एक नम्बर नबनाइ आफू बजारमा स्थापित हुन असम्भव जस्तै हुन्छ । तर अन्तर्राष्ट्रिय मापदण्डहरु कायम गर्दै गुणस्तरलाई पहिलो प्राथमिकता दिएकै कारण पनि अन्य कम्पनीका पेय पदार्थहरु भन्दा पेप्सी र यसका उत्पादनहरुलाई बजारमा सबैको रोजाइमा पार्न सफल भएको श्रेय जान्छ । आफ्नै क्वालिटी ल्याबमा निरन्तर उत्पादन परीक्षण गरेकै कारण पेप्सीले आफ्नो गुणस्तरलाई कायम गर्न सकेको हो ।

त्यसो त काठमाडौं प्लान्टबाट उत्पादित पेय पदार्थले काठमाडौं उपत्यका र अन्य जिल्लाको माग धानिरहेकोमा नवलपरासी प्लान्टबाट उत्पादित पेय पदार्थले भने विशेष गरी तराई क्षेत्रको मागलाई सम्बोधन गर्ने गरेको कम्पनीको दाबी रहेको छ ।

यो पनि…

सदाबहार पेप्सी : ठूलो करदातादेखि हजारौँलाई रोजगारीसम्म (भिडियोसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?