काठमाडौं, १९ कात्तिक— खेलकुदमन्त्री एवम् काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेद्धवार राजन केसीले आफूले यस अघि पाएको मतको दोब्बर मत हाँसिल गरेर जित्ने दाबी गरेका छन् राजधानीमा आइतबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री केसीले १० नम्बरका जनताहरुले आफूलाई रुचाएकोले उम्मेद्धवारी दिएको दाबी गरे । उनले भने,‘मैले जति काम त्यहाँ कसैलेपनि गरेको छैन, यो कुरा जनतालाई गएर सोध्दा हुन्छ, १० नम्बरका जनताहरुको घर कुन दिशा फर्केको छ, दैलो कता फर्किएको, जनताहरुको के समस्या छ भन्ने कुरा मलाई सोध्नुहोस्, म यहीँ बसेर भनिदिन्छु, किनकी म यहाँको जनप्रतिनिधि हुँ नि ।’उनले अबको यात्रा समृद्धिको यात्रा भएकोले आफ्नो पार्टीले यही मुलमन्त्रलाई बोकेर चुनावी अभियानमा होमिएको जिकिर गरे । कउनले एमाले–माओवादी केन्दबाट संयुक्त उम्मेद्धवार बनेका हितमान शाक्यलाई ६ नम्बर प्रदेश छोडेर किन १० नम्बरमा आएको भन्दै प्रश्न समेत तेर्साए । केसीले थपे,‘हामीलाई अहिले वाम गठबन्धनप्रति कुनै डर छैन, चुनाव भनेको प्रतिष्पर्धा हो।’यद्धपी उनले ०७० को निर्वाचनमा माओवादीका उम्मेद्धवार प्रचण्डविरुद्ध उनको फोटोमा कालो मोसो दलेर चुनावको विरोध गरेका शाक्य अहिले त्यही क्षेत्रमा चुनाव लड्न आउनुले उनको लोकतान्त्रिक पद्धप्रति आफूलाई शंका लागेको गुनासो पोखे केसीले मुलुकमा कम्युनिष्टहरुले केही पनि गर्न नसक्ने दाबी गर्दै भने,‘हेर्नुहोस्, ०६४ को निर्वाचनमा माओवादी केन्द्र पहिलो पार्टी भयो, चार चार जना कम्युनिष्ट नेताहरु प्रधानमन्त्री भए, तर खोई त संविधान जारी गरेको ? आखिर संविधान जारी हाम्रो पार्टी ठूलो हुँदा भयो, हाम्रै पार्टीको नेताले मुलुकको नेतृत्व लिँदा संविधान जारी भएको हो, यो कुरा सबैलाई थाहा छ।’उनले आफूले जनताको पक्षमा काम गरेको उल्लेख गर्दै जित्नेमा आफू दृढ विश्वस्त रहेको समेत स्पष्ट पारे त्यस्तै काठमाडौं १० नम्बर क्षेत्रका एमाले–माओवादी केन्द्रका साझा उम्मेद्धवार हितमान शाक्यले आफ्नो विजयी सयमा एक हजार प्रतिशत रहेको दाबी गरेका छन् । उनले आफ्नो एक तिहाई जीवन राजनीतिमा नै वितेकोले आफ्नो अनुभव र क्षमताका कारण उक्त क्षेत्रमा विजयी हाँसिल गर्ने कोशिस भैरहेको बताए । उनले भने,‘निर्वाचनमा मैले जित्नुपर्छ, म माओवादी र एमालेको साझा उम्मेद्धवार हुँ, मेरो विजयी सुनिश्चि छ।’शाक्यले आफूले जीवनमा कहिल्यैपनि प्रतिष्पर्धामा नहारेको उल्लेख गर्दै भने,‘म २०३८ सालदेखि अहिलेसम्म कुनैपनि चुनावमा हारेको छैन, चाहे ०३८ सालको विद्यार्थी राजनीतिमा होस्, वा ०४५ सालमा त्रिवीको सभापति बन्दाखेरि, वा ०६४ सालको संविधानसभाको निर्वाचनमा नै किन नहोस्, म कहिल्यै पनि हारेको छैन्।’ शाक्यले आफू जीवनमा कहिल्यैपनि पराजित नभएकोले यो पटक पनि पराजित नहुने जिकिर गरे । उनले थपे,‘जनताले मलाई भोट हाल्छन्, यो कुरामा म पूर्ण विश्वस्त छु।’१० नम्बर क्षेत्र वामपन्थीहरुको बर्चश्व भएकोले आफूले जित्ने उनको दाबी थियो । उनले भने,‘०७० मा केसीले जित्नुभयो, त्यतिवेला माओवादी पार्टी विभाजित भएको थियो, अहिले हामी एकताबद्ध भएका छौं, एमाले र माओवादी एक भएर अघि बढेका छौं, जीत सुनिश्चित छ।’ उनले मुलुकमा स्थिर सरकार वाम शक्तिहरुलेमात्रै दिन सक्ने भएकोले यो पटकको निर्वाचनमा वामपन्थीहरुको विजयी हुने बताए उनले आफू बाग्लुङमा जन्मिएको भएपनि आफ्नो थाकथलो बाग्मती नै भएको जिकिर गरे । उनले थपे,‘जनता प्रष्ट हुनुपर्छ, हुन त म बाग्लुङमा जन्मिएको हुँ, म अहिले १० नम्बर क्षेत्रकै बासिन्दा हुँ, बरु कांग्रेस उम्मेद्धवार राजन केसीजी अन्तै बस्नुहुन्छ।’ उनले आफूहरुकै योगदानबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्र आएको स्पष्ट पारे उनले आफूहरुले कहिल्यैपनि कम्युनिष्ट शासन ल्याउने भनेर नभनेको समेत जिकिर गरे । शाक्यले थपे,‘हाम्रो घोषणापत्रमा कहीँ कतै त्यस्तो भनिएको छैन, घोषणापत्र हेर्न सक्नुहुन्छ, संविधानमै समाजवाद बनाउनुपर्छ, मुलुकलाई आर्थिक समृद्धि बनाउनुपर्छ भन्ने हो, कांग्रेसले बरु समाजवाद र प्रजातन्त्र बिर्सियो।’कार्यक्रममा दुवै पार्टीका उम्मेद्धवारहरुले आफूहरुवीच स्वस्थ चुनावी प्रतिष्पर्धा भएकोले आफूहरुले सोही अनुसार चुनावलाई उपयोग गरिरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया