काठमाडौं, १९ कात्तिक— नेपाली कांग्रेस निर्वाचन परिचालन मुल समितिका केन्द्रिय संयोजक बालकृष्ण खाँणले एमालेले पञ्चायती शैलीको राष्ट्रवादको मुद्दा उठाएको भन्दै राष्ट्रवादी आवरणमा एमाले अध्यक्ष ओली र सिके राउत एउटै सिक्काका दुईवटा पाटा भएको समेत आरोप लगाएका छन् आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने,‘मधेशीहरुलाई गाली गर्दा उग्रवादीहरुलाई मद्दत पुग्छ, तराईको मुद्दापनि राष्ट्रय मुद्दा हो, यदि समयमै सम्बोधन गरेनौं भने विखण्डनको विउ रोपिन्छ।’ उनले हिमाल, तराई र पहाडमा बस्ने सबै नेपालीहरु नै भएकोले सबैले आ–आफ्नो भुगोलको रक्षा गरेको भन्दै सबैलाई समान व्यवहार गर्नुपर्ने धारणा राखे उनले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि पार्टीका शीर्ष नेताहरुले ७ वटै प्रदेशमा चुनावी सम्बोधन गर्नेगरि छिट्टै कार्यतालिका सार्वजनिक गर्ने पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया