काठमाडौं, २३ कात्तिक –माओवादी केन्द्रका ४ बागी उम्मेदवारसहित १० नेता पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाहीमा परेका छन् वाम तालमेलअनुसार निर्वाचन क्षेत्र बाँडफाँडमा भएको निर्णय र पार्टीले तोकेको उम्मेदवारको विरुद्धमा सल्यान र हुम्ला जिल्लामा बागी उम्मेदवारी दिने तथा प्रस्ताव र समर्थक बस्नेहरुलाई पार्टीको सदस्यतासमेत नरहने गरी अनुशासनको कारबाही गरिएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।कारबाहीमा पर्ने उम्मेदवारमा उमाकान्त शर्मा, छक्कबहादुर लामा, भीमप्रकाश शर्मा र जितबहादुर पुन रहेका छन् भने प्रस्ताव र समर्थक बसेको आरोपमा कारबाहीमा प्रमोद श्रेष्ठ, शालिकराम भट्टराई, सेतीराम ओली, हरिलाल डिसी, टंक ढकाल र किर्तिबहादुर राना कारबाहीमा परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया