राजनीतिक स्थायित्वका लागि वाम गठबन्धनः नेता अधिकारी

पोखरा, २३ कात्तिक – नेकपा (एमाले)का केन्द्रीय सदस्य रवीन्द्र अधिकारीले वाम गठबन्धनको बहुमतीय सरकारले मात्रै मुलुकमा राजनीतिक स्थायित्व दिनसक्ने बताएका छन् कास्की क्षेत्र नं २ अन्तर्गत पोखरा लेखनाथ महानगरपालिका–४ गैरापाटनमा स्थापना भएको वाम गठबन्धनको संयुक्त कार्यालयको आज उद्घाटन गर्दै उनले मुलुकमा राजनीतिक स्थायित्व र आर्थिक संमृद्धिका लागि भए पनि नेपाली जनताले यस पटक वाम गठबन्धनलाई बहुमत दिने आफू विश्वास्त रहेको बताए नेता अधिकारीले दुई पटक बहुमत ल्याएर पनि काँग्रेसले पूरा अवधि सरकार चलाउन नसकेको उल्लेख गदैृ काँग्रेसले बहुमत ल्याए पनि स्थिर सरकार बनाउन नसक्ने धारणा व्यक्त गरे पोखराको सडक बिस्तार, पुल निर्माण, खानेपानी योजनालगायत अधिकांश विकास निर्माणका काममा आपूmले विशेष योगदान पु¥याएको दाबी पनि उनले दाबी गरे सो अवसरमा कास्की २ को प्रदेश (ख) का उम्मेदवार राजकाजी गुरुङले वाम गठबन्धन बनेपछि काँग्रेस अत्तालिएको टिप्पणी गरे समानुपातिक उम्मेदवार तथा नेकपा एमाले निर्वाचन समितिका संयोजक सोमनाथ अधिकारी ‘प्यासी’ले गरिबीको अन्त्य गर्दै आर्थिक समृद्धितर्पm लम्कन पनि वाम गठबन्धनलाई मत दिनुपर्ने विचार व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?