५ वर्षपछि भोट माग्न आउँदा महाकालीको पक्की पुलमा गाडी चढेर आउँछु : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम कंचनपुर क्षेत्र नम्बर -३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रमेश लेखकले अबको ५ बर्षपछि भोट माग्न आउदा आफू महाकाली नदीमा हुने पक्की पुल चढेर मात्र आउने प्रतिबद्धता जाहेर गरेका छन। चुनावी प्रचार प्रसारको क्रममा महाकाली नगरपालिका वडा नम्बर-३ को बडुवाल टोलमा आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रबेश कार्यक्रममा नेता लेखकले सो कुरा बताएका हुन् । पुर्व भौतिक पुर्वाधार तथा यातायात मन्त्री समेत रहेका लेखकले अहिले आफू दोधरा चादनी आउँदा भारतमा रहेको बनबसा पुलबाट आएको र आफू मन्त्री हुँदा नेपाली भु-भागमा नै महाकाली नदीमा ४ लाइनको पक्की पुल निर्माणको प्रक्रिया अगाडि बढाईसकेकाले समयभित्र नै पुल निर्माण सम्पन्न हुने र अर्को चोटि आउँदा सोही पुलबाट दोधरा चादनी आउने प्रतिबद्धता दोहोर्‍याएका हुन। २०७० सालको निर्वाचनमा आफुले महाकाली नदी र जोगबुढा नदीको बाढी नियन्त्रण , विद्युतीकरण , जोगबुढा नदीमा झोलुंगे पुलको प्रतिबद्धता जाहेर गरेको स्मरण गराउदै सो प्रतिबद्धता पूरा गरेको समेत बताए । सम्बोधनकै क्रममा लेखकले नेपाली कांग्रेसले मात्र बिकास र समृद्धि गर्न सक्ने भन्दै दोधरा चादनी लगायत समग्र कंचनपुरको समृद्धिको लागि नेपाली कांग्रेसको पक्षमा अभिमत जाहेर गर्न आग्रह गरे । कार्यक्रममा पुर्व सभासद बल्देब बोहरा, नेपाली कांग्रेस कंचनपुरका सभापती हरि प्रसाद बोहरा , क्षेत्र नम्बर ३(ख) का प्रदेश सभा सदस्य उम्मेदवार बेल बहादुर राना लगायतले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?