चिसो मौसम, कच्ची घरको अध्यारो कोठाको भुईमा पराल ओछाईएको छ । त्यसैमा उनि सेतो पहिरनमा लडेकी छन् । वेला वेलामा हे….मेरो हजुर भन्दै खित्का छाड्छिन र वेला वेलामा अचेत हुन्छिन् । उठेर बस्न आग्रह गर्दा उठ्ने प्रयास पनि गर्छिन् तर सक्दिँनन् विवाह भएको एक साता नपुग्दै नवदुलहा बेपत्ता र झण्डै एक महिनापछि मृत फेला परेदेखि करले झोल पदार्थ बाहेक उनको पेटमा अरु खानेकुरा नपरेको बताउँछन् परिवारजन । वाहिरपट्टि साईला ससुराले पनि भतिजाको किरिया गरीरहेका छन् । आँगनको कुनामा एक महिना अघि मात्र विवाह गर्दा चढाईएका ध्वजापताहरु फर्फराई रहेका छन् । त्यसको छेउमा उनै वेहुलाको श्रद्धाञ्जलीका लागि राखिएको तस्वीर र शोक पुस्तिका राखिएको छ । जोकोही जाँदा पहिलो आँखा विवाहका तिनै ध्वजापताकाहरुमा पर्छन् । अनि नजिकै उनै वेहुलाको हार्दिक श्रद्धाञ्जली लेखिएको तस्वीरमा आँखा पुग्दा भावविह्ल हुन्छन् जो कोही । त्यो दर्दनाक दृश्य हो, केहि दिनअघि सन्धीखर्कको जंगलमा झुण्डिएको अवस्थामा फेला परेका अर्घाखाँचीको पणेनी गाउँपालिका वडा नम्बर ५ मैदान धारापानी टोलका ३० वर्षिय हरिप्रसाद भट्टराईको घरको उनको असोज १६ गते वडा नम्वर ४ की २१ वर्षिया विष्णु घिमिरेसँग धुमधाम विवाह भएको थियो । २२ गते उनि नवदुलहीको हातबाट पकाएको खाना खाएर उनै वेहुलीलाई बनाएको गहनाको पैसा तिर्न भनेर सन्धिखर्क हिँडेका थिए । सन्धिकर्ख पुगेरसँगै गएका लक्ष्मण सुनारलाई राष्ट्रिय वाणिज्य बैंकबाट पैसा निकालेर दिईसकेपछि जीवन विमाको रकम तिर्न एसियन लाईफ ईन्सुरेन्सको कम्पनीमा पुगेका थिए उनि । साढे ११ बजेसम्म त्यही रहेका उनको त्यसपछि अवस्था अज्ञात रह्यो प्रहरी प्रशसनकै आँखा अगाडी वेपत्ता भएका उनको शव ठीक ३० दिनमा प्रशासन पारीको जंगलमा भेटियो । धेरैले मर्निङ्ग वाक गर्ने जंगल नजिकै उक्त शव प्रहरीले पहिला नभेटि घाँस दाउरा गर्नेले देखेको परिवारजन आशंका गर्छन उनी झुण्डिएको रुख सुरिलो र निकै अग्लो छ । नयाँ नाईलनका तिन डोरी समेत भुईमा राखिएको छ । उनको झोला , कमिज , कागज र जुत्ता टिलिक्क टल्केका छन् फिङ्गर परिक्षणका लागि ति उनका सामग्रीहरु र फोन प्रहरीले अरु कसैको फिङ्गर नपर्ने गरी सुरक्षित वरामद गर्नु पर्ने हो । सामानहरु जसलाई पनि छुन चलाउन दिईएको छ यसले थप घटनालाई थप रहस्यमय बनाएकोमा परिवारजनको चिन्ता छ वेला वेलामा चित्कार छाड्दै विष्णु भन्छिन् ‘मेरो उहाँलाई सानोतिनो मान्छेले मारेकै छैन ठुलै मान्छे भएर घटना दवाईएको हो । झुण्डिएर त उहाँ मर्ने सक्नुहुन्न ।’ परिवारका हरेक सदस्यको भनाई पनि त्यही छ । विष्णुले भनेझैं को हो त ठुलै मान्छे रु पत्ता लगाउन प्रहरी प्रशासन नै असफल भएपछि परिवारजन ईश्वरको नाम लिनुबाहेक विकल्प छैन भन्छन् । दाजु रेणुकान्त भट्टराई प्रहरी प्रशासनकै हात त छैन भन्नेमा आशंका गर्छन । तर, अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी एकनारायण कोईराला छानिविन गहिरोसँग हुने बताउँदै आएका छन् नियतिको ठुलो वज्रपातमा परेकी विष्णु लौन …….. उहाँ त मर्नु भएकै छैन खोजिदिनुस भन्छिन् बेलावेला । फेरी भन्छिन। उ मेरो उहाँ त टुप्लुक्क आई पुग्नुभो । बिवाहको दिन आफ्नो फेशबुकमा वेहुलाले भन्दा पहिला रमाउँदै फोटो अपलोड गरेकी विष्णुको त्यो रातो साडीमा वेहुलासँग मुस्कुराएको तस्वीर अहिले सेतै पहिरन देख्दा जोकसैको मुटु भक्कानिन्छ । रिर्पो्टिङ्ग गर्न पुगेको म आफै आँशु खसेर , मुटु भक्कानिएर बोल्न सकिन । विष्णु घर पणेनी भए पनि कविलवस्तुमा बसेर पढ्ने गर्थिन् । स्नातक तेश्रो वर्षको परिक्षा दिएकी विष्णु गत स्थानिय तहको निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भएर काम गरेकी थिईन् पछि कपिलवस्तुमैं वोर्डिङ्ग स्कुलमा पढाउने गर्थिन् उनि । उनका श्रीमान भट्टराई नवलपरासीको एक बिद्यालयका निमावि तह स्थाई शिक्षक थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया