जम्मु काश्मिरमा भयानक बस दुर्घटना: ३३ को मृत्यु, २२ जना घाइते

ऐजेन्सी | भारत प्रशासित जम्मु काश्मिरको किश्तवाड जिल्लामा सोमबार बिहान भएको एक सवारी दुर्घटनामा ३३ जनाको मृत्यु हुनुका साथै अरु २२ जना घाइते भएका छन् ।

किश्तवाडका प्रहरी उपआयुक्त अंग्रेज सिंह रानाले यात्रुबाहक बस खोँचमा झरेर दुर्घटनाग्रस्त भएको जानकारी दिए ।

केशवनबाट आइरहेको यात्रुबाहक बस भिरालो सडकमा अनियन्त्रित भई खोँचमा झरेको प्रारम्भिक अनुसन्धानमा देखिएको पनि रानाले बताए ।

घाइतेहरुलाई उपचारका लागि नजिकका अस्पतालहरुमा भर्ना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?