डोटीमा जीप दुर्घटना हुँदा ६ जना घाइते

काठमाडौं । डोटीमा सोमवार बिहान भएको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

आदर्श गाउँपालिकाबाट सायल गाउँपालीकाका लागि छुटेको से १ च ९१७ नम्बरको जिप आदर्श गाउँपालिका ७ साइली गाड नजिक गजेडा भन्ने ठाँउमा सडकबाट तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ ।

घाइते ६ जना मध्ये जीपका चालक कटक सिताल गम्भीर घाइते छन्, भने सायल गाउँपालिका १ कौराडीका २७ वर्षीया राजु दमाई, त्यहीका १५ वर्षीया बारुली नेपाली, टीका नेपाली रहेका छन् ।

त्यस्तै आदर्श गाउँपालिका ७ का ३६ वर्षीय रमेश नेपाली, सातलाका १२ वर्षीय महेश नेपाली रहेका छन् ।

भिरालो तथा चिप्लो सडक भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । घाईतेहरुलाई उपचारकालागि दिपायल पिपल्लामा रहेको शैलेस्वरी अस्पताल लगिएकोप्रहरीले जानेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?