प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने युवक पक्राउ

काठमाडौं । प्रहरीलाई नगद १ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक युवक पक्राउ परेका छन् । धादिङ धुनिवेसी नगरपालिका-५ बस्ने २५ वर्षीय सुभाष श्रेष्ठलाई आइतबार राति प्रहरीले काठमाडौं महानगरपालिका-१३ सोल्टीमोडबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले बा.४ ख ९९८ नम्बरको ट्रक जाँच गर्ने क्रममा ढाला खोली सामान बोकेको कारणले कारबाही गर्न खोज्दा कारबाहीबाट बच्न उक्त नगद दिन खोज्दा सुभाषलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?