सेतीबेणीको शिला शालिग्राम ओझेलमा पर्दै

काठमाडौं । विश्वकाे प्रसिध्द धार्मिक स्थलकाे रूपमा परिचित रहेकाे सेतीवेणीमा विश्वकै ठूलो शालिग्राम छ । गुल्मी , स्यांजा र पर्वत जिल्लाको संगमस्थल रहेकाे यस पवित्र धार्मिकस्थलमा कालीगण्डकी नदीको जलस्तर अस्वभाविकरुपले बढेपछि शिला सालिग्राम कहिलै नडुब्ने विश्वास पनि लिइन्छ ।

यस धार्मीक स्थलमा शालिग्रामकाे साथै चक्रदेवी, बसाहा,दुर्गा मन्दिर,शिवालय मन्दिर,सीताराम मन्दिर पनि रहेका छन् । तर पनि यस धार्मिकस्थलकाे शालिग्राम नै विशेष महत्व रहेको पाइन्छ ।

पुजारी हरी पराजुलीले शालिग्राममा पौराणीक कथा अनुसार दिनमा शालिग्राममा शङ्ख बजेको आवाज र गाईको आवाज आउने हुदा धार्मीक आस्था राख्नेहरु शालिग्राम आई पुजाआजा गरेपछि मनले चिताएको पुग्छ भन्दै भक्तजनहरु आउने गरेको बताउछन्।

पर्वतबाट बग्ने सेति खोला र मुक्तिनाथबाट आएको कालीगण्डकी यी दुई नदिको बेणीहुनाले यसलाई सेतिवेणी भनेर नामाकरण गरिएको धार्मिक मान्यता रहेकाे छ । विष्णुका रुपमा मानिने सालिग्रामको छुट्टै महत्व छ । विभिन्न आस्था राखेर यस स्थानमा भक्तजनहरू आउने गर्छन् । तर साघुरीदै ग्एकाे स्थानकाे कारण याँहाकाे साैन्दर्य धरापमा पर्दै गइरहेकाे छ ।

पुजा पाठका लागी शिला शालीग्रामलाई परिक्रमण गर्न स्थान पनि छैन । जुन थियो त्यो पनि बाढिले भत्काई सकेको छ । तिन जिल्लाको संगम रहेकाे यस धार्मीक स्थल ले कसले के गर्ने भन्ने विवादकै कारणले गर्दा यसको सोचे अनुरुप विकास हुन नसकेको पुजारी पराजुलीले बताउनु भयो ।

धार्मीक स्थलको विकास नहुँदा सेतीबेणी बजार ,ब्यापारिक, पर्यटकिय दृष्टीकोणमा र बिकासका योजनाका कामहरुमा अरु स्थल भन्दा पछि परी रहेको छ। जसले गर्दा ब्यापारीहरु पनि यस ठाउँबाट बसाई सरिरहेका छन् ।

पँचास वर्षदेखी सेतीबेणीमा ब्यापार गर्दै आएका व्यापारी प्रेम अर्याल दिन प्रती दिन बजार ९० प्रतिशतले खस्किदै गएको बताउछन् । नेपाल कला धर्म र संस्कृतमा धनि देश हो । यस्ता धार्मिक स्थल ओझेलमा पर्दै जाने हो भने हाम्रा धर्म, संस्कृतिनै धरापमा पर्छन् ।

एकातिर सहि संरक्षणकाे अभाव र धार्मीक स्थलका बिकासका कामहरु दिन प्रति दिन खस्किदै गएको अवस्था छ । जनप्रतीनिधीहरुको पनि खासै ध्यान नपुगेको स्थानियको गुनासो छ । आन्तरिक र बाह्य पर्यटनको समेत महत्व बोकेको शिला शालिग्राम र सेतिबेणी क्षेत्रको विकास गर्न अब तिनै जिल्लाका जनप्रतिनिधीहरुको ध्यान पुग्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?