धानको बिउले स्तन छोपेर फोटो खिच्ने युवती को ?

appharu
0
Shares

काठमाडौं– असार १५ को दिन एउटा फोटो भाइरल बन्न पुग्यो । त्यो थियो एक युवतीको फोटो । जसमा उनले शरीरका गोप्य अंग छोपेर फोटो सुट गराएकी थिइन् ।
फोटोबारे अनेकन टिप्पणी भएपनि कतिपयले कसको फोटो भन्नेसम्म भेउ पाउन सकेनन् ।
परिचित अनुहार नभएकाले पनि कसको फोटो भन्नेमा समाजिक सन्जालमा अन्यौलता देखिन्थ्यो । तैपनि धेरैले विकृत जनाउने फोटो भन्दै टिकाटिप्पणी गरेका थिए भने केहीले यसलाई समान्य रुपमा लिइनुपर्ने बताएका थिए ।


हामीले बुझ्दै जाँदा मोडल रितिका जिरेलले सो फोटोसुट गराएको तथ्य फेला परेको छ ।
उनले आफूले फोटोसुटलाई सामान्य रुपमा लिन आग्रह गर्दै यसलाई विवादको विषय बनाउन जरुरी नरहेको बताइन् ।
उनले आफ्नो एकल निर्णयले मात्रै यो फोटोसुट गराएको नभई अग्रज र साथीभाइसमेतको सरसल्लाहमा नयाँपन हुने सोचेर फोटोसुट गराइएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?