सामुदायिक वन विधेयकबारे बोलिन् कोमल ओली

काठमाडौं । राष्ट्रियसभाकी सांसद कोमल ओलीले सामुदायिक वनको अधिकार थोरै भएको बताएकी छन् ।
मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद ओलीले वन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा ‘सामुदायिक’ भन्ने शब्द हटाइएको भन्दै त्यसको विरोध गरिन् ।

सामुदायिक वनहरूलाई स्वतन्त्र रुपमा मूल्य निर्धारणको अधिकारबाट बन्चित गर्न नहुने पनि उनले बताइन् ।

बजेटमा वन मन्त्रालयलाई उच्च प्राथमिकता दिइएको र मन्त्रालयले वन क्षेत्र बढाउने गरी काम गर्नुपर्ने ओलीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?