एलिना चौहानको ज्यान बेइमानी भएपछि… (भिडियोसहित)

काठमाडौं । युट्युबमा कभर गीत गाएर चर्चामा आएकी गायिका एलिना चौहान पछिल्लो समय धमाधम गीत रेकर्ड गराइरहेकी छिन् ।

उनको स्वरमा रेकर्ड भएका ’ओरिजिनल’ गीतहरु अहिले रिलिज भइरहेका छन् । यस्तैमा उनको स्वरमा रहेको नयाँ गीत ’यो ज्यान कस्तो बेइमानी’ सार्वजनिक भएको छ ।

सार्वजनिक उक्त गीतमा बसन्त सापकोटाले पनि स्वर दिएका छन् । सोमबार बसन्त सापकोटाको आफिसियल युट्युब च्यानमार्फत् सार्वजनिक गरिएको गीतमा शब्द तथा संगीत पनि सापकोटा कै रहेको छ ।

गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका छन् भने मिक्सिङको जिम्मा कृष्ण महर्जनले लिएका थिए ।
भिडियोमा गायकरगायिकाको ’लिपसिङ’ मात्र खिचिएको छ ।

शान थापाले निर्देशन गरेको भिडियोमा एलिना र बसन्त गीत गाइरहेका छन् । राजिव समर सहायक निर्देशक रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडियोलाई सम्पादन भने सुप्रिम पराजुलीले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?