प्रहरी चौकीमा आक्रमण, चार प्रहरी मारिए

appharu
0
Shares
Israeli border guards advance down a street during clashes with Palestinian protesters following a demonstration in the West Bank city of Ramallah on March 9, 2018 against a decision by US President Donald Trump to recognise Jerusalem as the capital of Israel. / AFP PHOTO / ABBAS MOMANI

एजेन्सी । नाइजेरियाको दक्षिणी राज्य बेएल्सामा रहेको एक प्रहरी चौकीमा बन्दुकधारीले गरेको आक्रमणमा परी चार जना प्रहरीको मृत्यु भएको छ ।

यस आक्रमणमा एक जना डिभिजनल प्रहरी र तीन जना स्थानीय प्रहरीको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रान्तीय राजधानी येनागोआको आगुदामा एक्पेटिआ क्षेत्रमा रहेको एक प्रहरी चौकीमा बन्दुकधारीहरुको एक समूहले सोमबार बिहान सबेरै आक्रमण गरेको राज्य प्रहरी प्रवक्ताले जानकारी दिएका छन् ।

यस आक्रमणमा परी सर्वसाधारण मारिएका वा घाइते भएका बारेमा कुनै समाचार प्राप्त नभएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?