बझाङ्गमा एक युवतीको शव फेला

appharu
0
Shares

काठमाडौं । बुङ्गल नगरपालिका खोचेगाडाको तारका बगरमा एक युवतीको शव भेटिएको छ ।

बझाङ्गको बुङ्गल नगरपालिका–२ की ललिताकुमारी धामीको शव भेटिएको हो । सोमबार साँझ गाउँकै साथीको घरमा जान्छु भनेर गएकी धामीको शव आज बिहान बुङ्गलको खोचे गाडाको बगरमा भेटिएको हो ।

धामी महेन्द्र उच्च माविमा १२ कक्षामा पढ्थिन् । शवको प्रकृति हेर्दा गाडीले ठक्कर दिएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ । स्थानीयवासीले दुई वटा टिप्परमा आगजनी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?