पोखरीमा डुबेर दुई बालकको मृत्यु

appharu
0
Shares

काठमाडौं । तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित माछापुछ्रे इँट्टाभट्टाको पोखरीमा डुबेर आज दिउँसो दुई बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने सात वर्षीय सुन्दर शाही र चार वर्षीय किस्मत शाही रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

विद्यालयबाट फर्कने क्रममा इँट्टाभट्टाभित्र रहेको पोखरीमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

मृतक बालक दाजुभाइ हुन् । सोही वडास्थित राधा माध्यमिक विद्यालयमा सुन्दर यु केजीमा र किस्मत नर्सरीमा अध्ययनरत थिए ।

विद्यालयमा सञ्चालन भइरहेको परीक्षा सकेर घर फर्कने क्रममा पोखरीमा पौडी खेल्दा डुबेका बालकको दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?