काठमाडौं । लगातार ओरालो लाग्दै आएको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११ दशमलव ०२ बिन्दुले बढेर एक हजार २५३ दशमलव ०६ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ४३ बिन्दुले बढेर २६९ दशमलव ९६ मा पुगेको छ ।
नेप्से परिसूचक बढे पनि कारोवार रकममा भने अपेक्षित वृद्धि हुन सकेन । कूल १ सय ७० कम्पनीको १४ लाख ६६ हजार ८ सय ९७ कित्ता शेयर ४२ करोड ९४ लाख ७७ हजार २ सय ८८ मूल्यमा कारोवार भयो ।
स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर भने वृद्धि भएको छ । व्यापार २ दशमलव ६२, उत्पादन २ दशमलव ६४ र अन्य उपसमूह ० दशमलव ८३ बिन्दुले घटेको छ । त्यस्तै बैंकिङ ११ दशमलव
४२, होटल १४ दशमलव ४, विकास बैंक ८ दशमलव ९३, जलविद्युत् ६ दशमलव ६८, वित्त ० दशमलव ५९, निर्जीवन बीमा १०७ दशमलव ३३, लघुवित्त १३ दशमलव ४४, जीवन बीमा ८७ दशमलव २२ र सामूहिक लगानी कोष ० दशमलव ०८ बिन्दुले बढेको छ ।
स्टकका अनुसार आज कारोवारका आधारमा मेघा बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको चार करोड ९५ लाख ५० हजार ४९, प्रभु बैंक दुई करोड ५४ लाख ३२ हजार २ सय ३६, स्ट्याण्र्डड चार्टड बैंक दुई करोड ४८ लाख दुई हजार ३४३, नेपाल बैंक दुई करोड ४५ लाख ५६ हजार ९ सय २८, सेञ्चुरी बैंक एक करोड ९२ लाख ९८ हजार ७ सय ३१ र एनआइसी एशिया बैंक एक करोड ४३ लाख २७ हजार ६ सय ८९ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार आज स्वरोजगार लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले कमाए । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ९ दशमलव ४९, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी ७ दशमलव ०१, सेञ्चुरी बैंक ६ दशमलव ०२, कुमारी बैंक ५ दशमलव २४ र ङादी पावरका शेयरधनीले ५ दशमलव १७ प्रतिशतले कमाए ।
युनियन हाइड्रोपावर ५ दशमलव ८८, सिभिल लघुवित्त वित्तीय संस्था ५।३९, मल्टीपर्पोज फाइनान्स कम्पनी ३ दशमलव २२, महिला सहयात्रा माइक्रोफाइनान्स ३ दशमलव १४ र अरुण भ्याली हाइड्रोपावर कम्पनीका शेयरधनीले २ दशमलव ७५ प्रतिशतले गुमाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया