काठमाडौँ – मन्त्रिपरिषद्ले ‘राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश, २०७६’ जारी गरेको छ । आदेश जारी भएसँगै राष्ट्रिय जनगणना २०७८ को पाइलट जनगणना कार्यले औपचारिकता पाएको छ
राष्ट्रिय योजना आयोग उपाध्यक्षको अध्यक्षतामा राष्ट्रिय जनगणना निर्देशक समिति रहने उल्लेख छ । समितिको सदस्य सचिवमा केन्द्रीय तथ्यांक विभागका महानिर्देशक रहनेछन् । आगामी २०७८ असारमा १२ औं राष्ट्रिय जनगणना हुनेछ । त्यसका लागि आर्थिक वर्ष २०७६/७७ मा पाइलट जनगणना हुनेछ ।
‘आदेशले राष्ट्रिय जनगणनाका निम्ति सम्पूर्ण तयारी गर्ने बाटो खोलेको छ,’ केन्द्रीय तथ्यांक विभागका जनसंख्या शाखाका निर्देशक ढुण्डीराज लामिछानेले भने, ‘राष्ट्रिय जनगणनामा तीनै तहका सरकार, विभिन्न निकायसित सहकार्य गर्न सक्ने भएका छौं ।’कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया