एजेन्सी । दुबईकी रानी हया बिन्त अल हुसैन दुबईबाट बेपत्ता भएकी छन् ।
उनी लण्डनमा लुक्दै आएको बताईएको छ । ३१ मिलियन पाउण्ड अथार्त करिब चार अर्ब ३३ करोड ६० लाख रूपैयाँ र दुई बच्चासहित उनी बेपत्ता भएकी हुन् ।
राजकुमार शेख मोहम्मद बिन राशिद अल मकतूम युएइका उपराष्टपति र प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै आईरहेका छन् ।
दुबईबाट बेपत्ता हुनु अघि उनी जर्मनी गएकी थिइन् । उनले जर्मनीबाट श्रीमान शेख मोहम्मदसँग तलाक मागेकी थिईन ।
राजकुमारी हयाले जर्मनीलाई राजनीतिक शरण दिन आग्रह गर्दै आएको जनाईएको छ । यदि, जर्मनीले राजकुमारीलाई राजनीतिक शरण दिए राजनैतिक संकट हुने राजकुमार मोहम्मदले चेतावनी दिएका छन् ।
राजकुमार शेख मोहम्मदले जर्मनीसँग बारमबार आफ्नो पत्नीलाई फिर्ता पठाउन जर्मनसँग आग्रह गर्दै आएका छन् । तर, जर्मनीले उनको अनुरोध अस्वीकार गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया