दाईजो माग्ने ज्वाईको यस्तो हालत, ससुरालीले रुखमा बाँधेर चुटे

काठमाडौं । भारतको बिहारस्थ्ति मुजफ्फरपुर गाउँमा ससुराली पक्षले ज्वाइलाई रुखमा बाँधेर कुटपिट गरेका छन् ।

मुजफ्फरपुरको सुमेरा गाउँमा ज्वाइले बारम्बार दाइजो मागेर सताएको भन्दै ससुराली पक्षले कुटपिट गरेका हुन् ।

file photo

सुमेराका अवधेश कुमारलाई उनको सुसुरालीका परिवारले गाउँलेको सहयोगमा रुखमा बाँधेर कुटपिट गरेका हुन् । अवधेशले दाइजोको नाममा सधैँ छोरीलाई कुटपिट गर्ने गरेको आरोप उक्त परिवारको छ ।

यसबारेमा थुप्रै पटक गाउँ पञ्चायतमा कुरा उठे पनि ज्वाईँले बानी नसुधारेकोले कुटपिट गर्न बाध्य भएको ससूराले बताएका छन् । प्रहरीले दुवै पक्षसँग बयान लिएर घटनाको कारबाही अघि बढाइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?